मिस लुम्बिनी कल्चर २०१८ मा पूर्वमिस नेपाल मलिनाको प्रबेश - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

मिस लुम्बिनी कल्चर २०१८ मा पूर्वमिस नेपाल मलिनाको प्रबेश



मिस लुम्बिनी कल्चर २०१८ मा पूर्वमिस नेपाल मलिनाको प्रबेश गरीन चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को प्रमोशनको लागि बुटवल आएको बेलामा मिस लुम्बिनी कल्चर २०१८ सहभागी भएकी हुन। उनले आफु मिस नेपाल हुँदा पल सम्झदै जित्न भन्दा पनि बढी सिक्न जरुरी रहेको बताइन।

सो अवसरमा विभिन्न जातजाती, भाषाा धर्म, रितिरिवाज र सस्कृतिको उत्थान गर्ने उदेश्यले सुरु गरिएको पहिलो मिस लुम्बिनी कल्चर २०१८ को टिम सग चलचित्रको टिमले भेटघाट गरेको थियो मलिना जोशीलेलाई एस पि एम क्रियसन का फाउन्डर पवन आचार्य र सास्कृतिक संयोजक जिम्मा लिएका मन्जेस गिरिले स्वागत गरेका थिए ।

यही असार ८ गते अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठ स्टारर फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ रिलिज हुँदैछ । ‘तिमी हुन्छौ जहाँ जहाँ’ फिल्मको प्रचार-प्रसारमा दौडिरहेको टिम बुटवलमा आएको हो । मलिना जोशी र मनिष सुन्दर श्रेष्ठ यी दुई फिल्म ‘रानी’ पछि फेरि पर्दामा एकसाथ देखिन लागेका हुन् ।

गीतसंगीत र ट्रेलरले फिल्मप्रति दर्शकमा कौतुहलता बढ्दै गर्दा कलाकारदेखि निर्देशकसम्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ उत्कृष्ट फिल्म बनेको बताउँछन् । बुधवार ५ नम्बर प्रदेश राजधानी बुटवलमा आयोजित पत्रकार भेटघाटमा युवापुस्ताका दर्शकलाई लक्षित गरेर फिल्म निर्माण गरिएको जानकारी गराइयो । अभिनेत्री मलिना जोशीले युवापुस्ता केन्द्रित लभस्टोरी फिल्म रहेको बताइन् ।