रवीन्द्र मिश्रले भने- मलाई अलिकत्ति पनि लाज लागेको छैन - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

रवीन्द्र मिश्रले भने- मलाई अलिकत्ति पनि लाज लागेको छैन



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई अलिकत्ति पनि लाज नलागेको बताएका छन् ।

राप्रपासँग आफ्नो समूहको एकता सभामा मिश्रले आफूलाई हलो बोक्न कत्ति पनि लाज नलागेको बताए । ‘६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने हलो बोक्न मलाई केही लाज छैन’ उनले भने ।

उनले पार्टी एकताका लागि नाम र चुनाव चिह्नमा अल्झिन नहुने बताएका छन् । बुधबार राप्रपा र मिश्र समूहबीच भएको एकता घोषणा कार्यक्रममा उनले भने, ‘नाम र चुनाव चिह्नमा अल्झिएर केही हुन्न भनेर हलो बोक्ने निर्णय गरेँ ।’

राप्रपासँग एकता हुने भएपछि केही साथीले तराजु छाडेर हलो बोक्ने निर्णय गरेको हो भन्दै ठट्टा गरेको भन्दै मिश्रले हलोले ६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने बताए । मिश्र अध्यक्ष रहेको विवेकशील साझा पार्टीको चुनाव चिह्न तराजु थियो । राप्रपाको भने हलो छ ।

पार्टी एकता गर्दा दुई अध्यक्ष प्रणाली उपयुक्त नहुने भन्ने नेकपा एकता हुँदा र अन्य दलको एकताका क्रममा देखिएको भन्दै आफूहरु नयाँ प्रणालीमा गएको मिश्रले बताए । हरेक पार्टीमा द्वन्द्व हुने भन्दै मिश्रले तर नेतालाई बलियो बनाउनुपर्ने बताए ।