बालेनलाई रवीन्द्र मिश्रको सन्देश: तपाईं राज्य हो, कसैलाई नछोड्नुहोस् - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बालेनलाई रवीन्द्र मिश्रको सन्देश: तपाईं राज्य हो, कसैलाई नछोड्नुहोस्



काठमाडौं- विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अभियानमा समर्थन जनाएका छन्।

उनले सामाजिक संजालमा लेख्दै पछिल्लो समय महानगरले थालेको अवैधानिक संरचना भत्काउने कार्यको मिश्रले प्रशंसा गरेका हुन्।

‘बालेनजी जे गर्दै हुनुहुन्छ, गज्जब गर्दै हुनुहुन्छ।’ उनले लेखेका छन्, ‘पार्किङ स्थलको गलत प्रयोगसँगै, सम्पदा/नदी/बाटो/फुटपाथ/सार्वजनिक जमिनको अतिक्रमण, मापदण्ड/नक्शा विपरितका र तोकिएभन्दा अग्ला घरहरू सबैमा डोजर लगाउनै पर्ने छ।’

उनले नियम कानुनको भने ख्याल गर्न मेयर बालेनलाई सुझाव दिएका छन्।

‘नियम-कानुनको चाहिँ अलि ख्याल गर्नुहोला। अन्यथा फेरि पछि अदालतले काम रोकिदिन्छ। तपाईंले चाहेर पनि काम गर्न पाउनु हुन्न।’

उनले लेखेका छन्‚‘ नियम-कानुनको पालना गरेर तपाईंको अधिकार क्षेत्रभित्र पर्ने कसैलाई नछोड्नु होला। मैले नियम-कानूनमा किन जोड दिएको भने, हत्याराले हत्या गर्यो भनेर राज्यले हत्याराको हत्या गर्न मिल्दैन। चोरले चोर्यो भनेर राज्यले पनि चोर बाटो लिन मिल्दैन। तपाईं राज्य हो। नियम-कानून तोड्नेहरू व्यक्ति हुन्। राज्यले नियम-कानूनको पालना नगर्दा नै आज देशको हबिगत यस्तो भएको हो।