बैंगलोरबाट घर फर्कँदा  बझाङका एक व्यक्तिको आनन्दबिहारमा मृत्यु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बैंगलोरबाट घर फर्कँदा  बझाङका एक व्यक्तिको आनन्दबिहारमा मृत्यु



नयाँ दिल्ली

नेपाल घार बझाङ भातेखोलाका  गोरख धामीको दिल्लीको  आनन्दबिहारमा मृत्यु भएको छ  ।

बझाङ जिल्ला मस्टा गाउँपालिका भातेखोला घर भएका धामी हाल बैंगलोरबाट घर फर्कँदा  आनन्दबिहार बस अड्डा नजिक रहस्यमय मृत्यु भयको हो ।

मृत्युको खबर पयपछि निजका छोरा सुनिल धामी बैंगलोरबाट दिल्ली पुगेका छन्  । प्रहरी चौकीबाट  शव लिन अझै बाकी रहेको र उक्त घटनाको निगरानी गर्न सुदूरपश्चिमेली समाज भारत दिल्ली राज्यका पदाधिकारीहरू लागि परेका छन् ।

घटना के कसरी भयो भन्ने बारे अझै खुल्न सकेको छैन  ।