मृत्यु भएको ६ बर्षपछि मात्रै साउदीबाट शव - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मृत्यु भएको ६ बर्षपछि मात्रै साउदीबाट शव



काठमाडौं । मद्रशिला श्रेष्ठ तीन सन्तान माईतीको जिम्मा लगाई साउदी अरब गईन् ।

नेपालबाट जान प्रतिबन्ध रहेकाले उनी भारतको बाटो रोजिन् । यो २०६५ सालको कुरा हो ।

केचनाकवल ६ झापाकी ४८ बर्षीया भद्रशिला साउदी उडेको १० बर्षपछि शुक्रबार मंसिर २१ बाकसमा आईन् ।

छोराहरुले आमाको शव पाउने आशा पनि मारिसकेको थिए । मृत्युको ६ बर्षपछि बल्ल नेपाल ल्याइयो ।

मैले त हार मानिसकेको थिएँ । जिउँदो आमालाई त भेट्न पाएनौँ । मरेकी आमा पनि देख्न नपाईने भो भन्ठानेको थिएँ, छोरा नीरजले भने, ढिलै भए पनि शप पायौँ ।

मेडिकल रिपोर्टअनुसार भद्रशिलाको मृत्यु २०१३ जनवरी २ मा साउदीको टफालितमा हृदयघातका कारण भएको थियो ।

जेद्धास्थित नेपाली महावाणिज्यदुतको कार्यालयबाट झन्डै एक हजार किलोमिटर दुरीमा पर्छ टफलित । आमासँग नियमित सम्पर्क दुरीमा पर्छ टफलित ।

आमासँग नियमित सम्पर्क थिए । बर्ष डेढ बर्षमा एकपटक फोन आउँथ्थ्यो । उहाँले गएदेखि जम्मा २८ हजार रुपैयाँ पठाउनुभयो, नीरजले भने, हामीले सम्पर्क गर्न खोज्दा फोन लाग्दैनथ्यो । उहाँले फोन गरेपछि मात्रै कुराकानी हुन्थ्यो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।