नेपाल आइडलमा मिनराजले बनाए नयाँ इतिहास - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नेपाल आइडलमा मिनराजले बनाए नयाँ इतिहास



चितवनको रत्ननगरका मिनराज पौडेल अन्य प्रतिस्पर्धी जस्तै नेपाल आइडल सिजन–२ को अडिसनका लागि मकवानपुरको हेटौँडा पुगे । पेशाले शिक्षक उनी गितार बोकेर नेपाल आइडलको अडिसनका लागि हेटौँडा पुगेका थिए ।

अडिसनका लागि जब उनी नेपाल आइडलको स्टुडियोमा छिरे तब उनले आफ्नो स्वरको जादु छरे । २५ वर्षी मिनराजले जब गितारको धुनसँगै आफ्नो स्वरमा गाइने दाइले… गुनगुनाउन थाले तब अगाडि बसेका जज मन्त्रमुग्ध भए ।

गितारको धुनसँगै आफ्नो स्वरको जादु छरेका उनले एकपछि अर्को गीत गाउँदै गर्दा जजहरुले पनि उनलाई उठेर हौसला बढाए । सानैदेखि संगीतका पारखी बाबुका छोरा उनले नेपाल आइडलको अडिसनबाटै नया रेकर्ड पनि बनाएका छन् ।

नेपाल आइडलका दुवै सिजनका अडिसनबाट अघिल्लो चरणमा जाने अरु प्रतिस्पर्धीले गोल्डेन टिकट मात्रै पाउने गरेका थिए । तर उनले गोल्डेन टिकटसँगै गोल्डेन माइक पाउँदै सोझै गाला राउन्डमा प्रवेश गरे ।

नेपाल आइडलमा दुवै सिजनका अडिसन राउन्डबाट सीधै गाला राउन्डमा प्रवेश पाउने उनी पहिलो प्रतिस्पर्धी हुन् ।

उनले गोल्डेन माइक जितेर सीधै गाला राउन्डमा पुगेको श्रेय आफ्ना बाबु, परिवार र साथीभाइलाई बाँडेका छन् । ‘पेशाले शिक्षक हुँ तर सानैदेखि संगीतप्रति रुची र लगाव छ, बुवाले सानैबाट गाउने गरेकाले मलाई प्रेरणा मिल्यो’, उनले भनेका छन्, ‘नेपाल आइडल एउटा प्लेटफर्म हो, मेरो र परिवारको सपना पुरा गर्ने माध्यम हो ।’