डा. मिनेन्द्र रिजाल भन्छन्- चोलेन्द्र विकृत सार्वजनिक जीवनका बिम्ब - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

डा. मिनेन्द्र रिजाल भन्छन्- चोलेन्द्र विकृत सार्वजनिक जीवनका बिम्ब



काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अन्याय र प्रताडनामा परेका पात्रभन्दा समकालीन नेपाली विकृत सार्वजनिक जीवनका बिम्ब भएको टिप्पणी गरेका छन्।

सरकारले जबरालाई नजरबन्दमा राखेपछि कांग्रेस नेता रिजालको यस्तो भनाइ आएको हो। सामाजिक सञ्जाल ट्वीटरमा रिजालले जबराको देवत्वकरणमा रमाउनु सट्टा स्वच्छ सार्वजनिक जीवन स्थापित गर्न लागि पर्न पनि भनेका छन्।

यस्तै उनले यस काममा सतहमा देखिएभन्दा अत्याधिक कठिनाइ विद्यमान रहेको र सामना गर्न तयार हुनुपर्ने बताएका छन्।

संसदकाे कार्यकाल सकिएपछि महाभियोग निश्कृय भएकाे भन्दै जबरा गत आइतबार सर्वोच्च जाने तयारीमा थिए तर सरकारले उनकै निवासमा बन्धक बनाएर राखेको थियो।