डा मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

डा मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत



काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा मिनेन्द्र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन्।

देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ उपधारा १० बमोजिम रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेका हुन्।

कांग्रेसको महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठेका परिजाल पराजित भएका थिए।

देउवा इतर प्यानलबाट चुनाव लडेकै कारण गएको प्रतिनिधि सभा निर्वाचनमा उनले टिकट समेत पाएनन्।

आफ्नो प्यानलबाट महामन्त्री चुनाव लडेका डाक्टर प्रकाशशरण महतलाई समानुपातिकको एक नम्बरमा राखेर प्रतिनिधि सभा सदस्य बनाई देउवाले हाल प्रचण्ड नेतृत्व सरकारको अर्थमन्त्री बनाएका छन्।