मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिए - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिए



काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् महामन्त्रीका प्रतिस्पर्धी डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन्।

महामन्त्रीमा हार्ने संकेतपछि उनले राजीनामा दिएका हुन् । राजीनामा दिएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

के लेखे उनले ?

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।