अब दिमागले चल्नेछ किबोर्ड - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

अब दिमागले चल्नेछ किबोर्ड



 

हिमालपोष्ट/ १० चैत्र

सामाजिक सञ्जाल फेसबुकले एउटा बिल्कुलै नयाँ प्रविधिमा काम गरिरहेको छ यदि त्यो सफल भएमा प्रविधि उद्योगमा क्रान्तिकारी छलाङ लाग्नेछ । फेसबुकले यस्तो प्रविधि बनाउँदैछ जसबाट तपाइँले आफ्नो कम्प्युटरको किबोर्ड हातले थिचिरहनुपर्नेछैन । तपाइँले आफ्नो दिमागले नै कम्प्युटर नियन्त्रण गर्न सक्नुहुन्छ र दिमागले नै टाइप गर्न सक्नुहुनेछ ।

उक्त साइलेन्ट स्पिच नामको सफ्टवेयरको मद्धतले मानिसहरुले प्रति मिनेट १ सय शव्दको गतिमा दिमागले नै टाइप गर्न सक्नेछन् ।

यो परियोजनाको सुरुवाती चरणमै यस्तो प्रविधिको आवश्यकता पर्नेछ जसका माध्यमबाट सर्जरी विना नै मस्तिष्कको तरंगलाई पक्रिन सकिनेछ ।

फेसबुककी प्रतिनिधि रेगिना डगनले भनेकी छिन्ः हामीले तपाइँको  विचारको डिकोडिङ गर्ने कुरा गरिरहेका छैनौँ । तपाइँसँग धेरै खाले विचार हुनेछन् । तपाइँले ती अनेक विचार मध्ये केहीलाई मात्र शेयर गर्न  सक्नुहुन्छ । साइलेन्ट स्पिचको इन्टरफेसमा हर रफ्तार तथा उतार चढावको आवाजलाई बुझ्ने क्षमता हुनेछ ।’

फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो पेजमा लेखेका छन्ः हाम्रो मस्तिष्कले हरेक सेकेण्ड चारवटा एचडी फिल्ममा हुने जत्तिकै डाटा प्रोसेसिंग गर्दछ ।

जुकरबर्गले अगाडि लेख्छन:- हामीले एउटा यस्तो प्रविधि बनाउने कार्य गरिरहेका छौँ जसको माध्यमबाट तपाइँले आफ्नो दिमागबाट टाइप गर्न सक्नुहुन्छ । यसबाट तपाइँ आफ्नो फोनमा टाइप गर्ने स्पीड भन्दा करीब पाँच गुणा तिब्र गतिमा टाइप गर्न सक्नुहुन्छ ।

एजेन्सीहरुको सहयोगमा