महिला पत्रकार मिना मङ्गलको हत्या - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

महिला पत्रकार मिना मङ्गलको हत्या



काबुल-  अफगानिस्तानकी चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ ।

उनलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन् ।

उनीहरूले ती महिलाका हत्यारालाई कारबाही गर्नु पर्ने माग गरेका छन् । साथै यस्ता हत्याका घटनामा संलग्नहरुलाई कानुनबमोजिम कारबाही गर्न पनि माग गरेका छन् ।

उनी टेलिभिजनमा कार्यरत थिइन् । पत्रकार मिना मङ्गललाई राजधानी काबुलमा शनिवार दिउँसो गोली हानी हत्या गरिएको थियो ।

उनी राजनीतिमा पनि सहभागी थिइन् । उनी राजनीतिक सल्लाहकारका रूपमा कार्यरत थिइन् । अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले उनको हत्यारालाई पक्राउ गरी कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

अफगान प्रहरीले अनुसन्धान थालेको बताएको छ । तर उनको हत्यामा संलग्न को हुन् भन्ने बारेमा भने अझै प्रष्ट भइसकेको छैन ।

त्यहाँबाट प्राप्त एक समाचारमा आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको सल्लाहकारका रूपमा कार्यरत रहेकै बेलामा मङ्गललाई शनिबार गोली हानिएको थियो ।

अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा कार्यरत सङ्घ संस्था, सर्वोच्च अदालत, महिलाविरुद्धका हिंसासम्बन्धी आयोग र नागरिक समाजका प्रतिनिधिहरूले यस हत्याबारे गम्भीर रूपमा अनुसन्धान गर्न माग गरेका छन् ।