केही मिडियाकर्मी ‘असनको साँढे’जस्तो बने : डा. भट्टराई - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

केही मिडियाकर्मी ‘असनको साँढे’जस्तो बने : डा. भट्टराई



काठमाडौँ– समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रश्न सोध्‍ने पत्रकारप्रति उक्त पार्टीका अर्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा डाक्टर भट्टराईले केही मिडियाकर्मी ‘असनको साँढे’जस्तो बनेको भन्दै लेखेका छन्, ‘केही मिडियाकर्मीको यस्तो अहंकारी,उद्दण्ड,अशिष्ट र असनको साँढेजस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है ! यो अति निन्दनीय र गम्भीर छ ! एक बिराउने, शाखा पिराउने भन्ने लोकोक्ति छ ! मिडिया नेतृत्वको ध्यान पुगोस् !

एभिन्यूज टेलिभिजनका लागि पत्रकार सुशील पाण्डेले उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग अन्तर्वार्ता लिएका थिए ।

अन्तर्वार्ताका क्रममा पत्रकार पाण्डेले सोधेका प्रश्नको शैली नमिलेको भन्दै मन्त्री यादव बीचमै उठेर गएका थिए ।

उक्त अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ । पत्रकारदेखि राजनीतिकर्मी र सामाजिक सञ्चाल प्रयोगकर्ता समेत उक्त अन्तर्वाताको विषयलाई लिएर अन्तर्वार्ताकार पाण्डे तथा मन्त्री यादवको पक्ष र विपक्षमा उभिएका छन् ।