माइक्रो दुर्घटना हुँदा १० जना घाईते - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

माइक्रो दुर्घटना हुँदा १० जना घाईते



विराटनगर– विराटनगर महानगरपालिका–४ स्थित कोशी राजमार्गमा माइक्रो दुर्घटना हुँदा दशजना घाईते भएका छन् । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ ज २८७४ नम्बरको माइक्रो गएराति दुर्घटना भएको हो ।

सडकमा राखिएको डिभाइडरमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । विराटनगर–१३ का सरोजा थापा, तुलसा खड्का, निर्मला खड्का, भावना श्रेष्ठ, चन्द्रकला पोखरेल, दुर्गा पोखरेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै अम्बिका खड्का, निर्मला थापा, धन माया घिमिरे र माइक्रो चालक बुढीगंगा गाउँपालिका–३ का चन्द्रप्रसाद अधिकारी सामान्य घाईते भएका छन् । घाइतेहरूको विराटनगर नर्सिङ होममा उपचार भई रहेको छ ।