धादिङमा माइक्रो दुर्घटना, १३ जना घाइते - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

धादिङमा माइक्रो दुर्घटना, १३ जना घाइते



काठमाडौं । धादिङमा माइक्रो र बस एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा १३ जना घाइते भएका छन् ।

चितवनको टाँडीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रो र काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ख ३१३४ नम्बरको बस आपसमा ठोक्किएका थिए । एक आपसमा ठोक्किएपछि माइक्रो महेश खोलामा खसेको थियो ।

माइक्रोमा यात्रा गरेका १३ जना घाइते भएको प्रहरीले जनाएको छ । सबैको उद्दार गरिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुलाई नजिकको अस्पताल लगिसकिएको छ ।