मेयर चौधरीले भने : योगेश भट्टराईले माफी माग्नुपर्छ - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

मेयर चौधरीले भने : योगेश भट्टराईले माफी माग्नुपर्छ



विराटनगर– इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीले नेताद्धय शंकर पोखरेल र योगेश भट्टराईले घटनाको सत्यतथ्य नबुझी फेसबुक स्टाटस लेखेकोमा आपत्ती जनाएका छन्।

शनिबार इटहरीस्थित उपमहानगरमा पत्रकारहरुसंगको संक्षिप्त कुराकानीका क्रममा मेयर चौधरीले पार्टीका दुवै नेताले आफूसँग घटनाबारे नबुझी समाजिक सञ्जालमा प्रतिक्रिया दिएकोमा असन्तुष्टी जाहेर गरेका हुन्।

उनले भने, ‘दुवै नेताले बडो फेसबुक चलाउने, बडो स्टाटस लेख्ने। उनीहरु मात्र जान्दछन्। हामी जान्दैनौँ। उहाँहरुले घटनाबारे मलाई फोन गर्न सक्नुहुन्नथ्यो?’

दुवै नेताहरुको फेसबुक स्टाटसका सन्दर्भमा उनले सार्वजनिक रुपमा माफी माग्ने कुरा उचित नभएको स्पस्ट पारे। उनले भने, ‘सार्वजनिक रुपमा माफी माग्ने कुरा उहाँहरुले गर्नु भएको छ। मेरो तर्फबाट उहाँहरुले माग्नु हुनेछ।”

यस घटनामा प्रदेश कमिटिको भनाइलाई मनन् गर्ने बताएका मेयर चौधरीले भने, ‘प्रदेश कमिटिले आलोचना गरे त्यसपछि आफू आत्मलोचना गर्न तयार रहेको छु।’ मेयर चौधरी नेकपाको प्रदेश कमिटि सदस्य हुन्।

पत्रकारको नाक भाच्नका लागि सुपारी दिएको सन्दर्भमा पर्शुराम बस्नेतले समेत घटनाबारे फोन गरेको भए अझ स्पस्ट हुने उनको भनाइ छ।

बस्नेतसँग घटना पश्चात दोहोरो संवाद नभएको बताएका चौधरीले भने, ‘मानसिक रोगी भएका कारण कारबाहीको माग गरेका छन् रे। यो उनले भनेको हो होइन यकिन छैन। यस विषयमा फेसबुकको दुरुपयोग भएको पनि हुनसक्छ।’