मेयरको घर पर्दा सडक बिस्तार रोकियो ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मेयरको घर पर्दा सडक बिस्तार रोकियो !



आचार्य प्रदीप
बुटवल-
रुपन्देही तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेको घर सडकको मापदण्ड पुरा नगरेकोले ड्राईभर टोल– डिंगरनगर सडक स्तरउन्ती नभएको नेपाली काँग्रेस नगर सभापति हरिलाल पाण्डेले बताएका छन् ।
नगरपालिका भित्र रहेका २५ वटा पुराना सडक स्तरउन्ती गर्ने भनिएपनि उक्त सडकखण्ड बिस्तार नभएको सभापति पाण्डेले बताए ।

पुराना सडकहरू स्तर उन्नति गरी १३ मिटर अथवा ४३ फिट बनाउनु पर्ने भए पनि नगरप्रमुखको घर भएकोले त्यो सडक बिस्तार नभएको हो ।

एकीकृत सम्पत्तिको नाममा जनता सँग प्रत्यक्ष कर लिईसकेपछि नगरपालिकाले सडक कालोपत्रे लगायतका अन्य निर्माणको लागी ५०–५० को जनसहभागिताको योजना खारेजीको लागी आफूहरूले दबाद दिने उनले बताए ।

विकास निर्माण र कर सम्बन्धमा नेपाली काँग्रेस तिलोत्तमा नगर समितिको धारणा सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख पाण्डेले जनताको ढाड सेक्ने गरी जनताले कर तिर्न नसक्ने बताए । जनतालाई नै उठिबास लगाउने किसिमबाट जनताले कर तिर्न नसक्ने भन्दै थि निर्णयहरू सञ्चाउन माग समेत गरेका छन् ।
एकीकृत सम्पत्ति करको सम्बन्धमा जनताको स्वामित्वमा रहेको जग्गाको कर निर्धारण गर्नु पूर्व जग्गालाई २ भागमा विभाजन गरिनु पर्ने बताउँदै खेतीयोग्य र व्यावसायिक तथा घडेरी प्रयोवजन छुट्टाउन माग समेत गरे । घरको कर निर्धारण गर्दा आवासीय घर र व्यावसायिक प्रयोजनको लागी छुट्टाएर मात्र कर निर्धारण गर्न समेत नेपाली काँग्रेस तिलोत्तमा समितिले माग गरेको छ ।

नगर समितिले व्यावसायिक करको सम्बन्धमा उद्योगी व्यवसायीलाई संरक्षण गर्नुपर्ने बताउँदै अगाडि बढ्न माग समेत गरेको छ । नगरक्षेत्र भित्र रहेका क्रेशर उद्योगहरूलाई उचित क्षतिपूर्तिको समेत माग गरेको छ ।
नगरपालिका भित्र रहेका सम्पूर्ण सम्पूर्ण सामुदायिक विद्यालयको स्तरउन्नती गर्दै समयसापेक्ष शिक्षाको लागि अनुदानको व्यवस्था गरिनुपर्ने माग समेत गरेका छन् ।