बुटवलमा मेयर कप टेबल टेनिस प्रतियोगिता - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

बुटवलमा मेयर कप टेबल टेनिस प्रतियोगिता



बुटवल । बुटवलमा  प्रथम राष्ट्रिय मेयर कप टेबलटेनिस प्रतियोगिता हुने भएको छ । रूपन्देही जिल्ला टेबल टेनिस संघले आउँदो शुक्रबार र शनिबार बुटवलमा प्रतियोगिता गर्न लागेको हो । संघले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको थियो ।

प्रतियोगितामा २ इभेन्ट (महिला÷पुरूष) रहेको संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए । ‘भेट्रान्सदेखि विद्यालय तहसम्मका विद्यार्थीले भाग लिनेछन’ उनले भने, ‘प्रतिष्पर्धामा कुनै उमेरको मापदण्ड भने, छैन ।’

पुरूषतर्फको इभेन्टमा ५० जना र महिला इभेन्टमा ३५ जनाको सहभागिता रहनेछ । बुटवल–९ पवित्रनगरको नव दिलिप कर्भड हलमा हुने  प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम छ ।

पुरूषतर्फ प्रथम हुनेले ५० हजार द्धितीयले २० हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक महेश खनालले जानकारी दिए । त्यस्तैगरी महिलातर्फ प्रथम हुनेले ३० हजार र द्धितीयले १५ हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउने खनालले बताए । टेबलटेनिस खेलकूदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघका उपाध्यक्ष तथा बुटवल वडा नम्बर १ का वडा अध्यक्ष महेन्द्र लिगलले जानकारी दिए ।

कार्यक्रममा अर्जुनमान सैजु, सुरेन्द्र शाक्य लगायतले बोलेका थिए ।