मेयर चौधरीको समर्थनमा नगरवासी सडकमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मेयर चौधरीको समर्थनमा नगरवासी सडकमा



ईटहरी। सुनसरीको इटहरी उपमहानगरपालिलाई पारदर्शी तथा भ्रष्टाचारमुक्त बनाउने उद्देश्यका साथ मेयर द्वारिकलाल चौधरीको समर्थनमा नगरवासीहरू सडकमा उत्रिएका छन् ।

नगरवासीहरूले इटहरीका नगरप्रमुख द्वारिकलाल चौधरीले अघि बढाएको भ्रष्टाचार बिरूद्धको कदमलाई स्वागतयोग्य भन्दै स्वतस्फूर्तरुपमा उनको खुलेर समर्थन गरेका छन् । भ्रष्टाचार बिरूद्धको अभियान अन्तर्गत बिभिन्न नारा लगाउँदै तथा प्लेकार्ड बोकेर उपमहानगरवासीहरु स्वतन्त्ररुपमा सडकमा निस्किएका हुन् ।

नगरवासीले भ्रष्टाचार बिरुद्धको अभियानमा रहेका मेयर चौधरीलाई सम्मान समेत गरेका थिए । कार्यक्रममा मेयर चौधरीले इटहरीबाट भ्रष्टाचारको जरो उखल्ने भन्दै भ्रष्टचारी होसियार भन्दै भ्रष्टचारीलाई खबरदारी गरेका छन् ।