मेयर द्वारिकालाल चौधरीलाई समर्थन र फूलमालाले स्वागत - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

मेयर द्वारिकालाल चौधरीलाई समर्थन र फूलमालाले स्वागत



काठमाडौँ– केही दिन अगाडि पत्रकारको नाकको डाँडी भाच्ने धम्की दिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई नागरिकले समर्थन सहित स्वागत गरेका छन्।

इटहरी बिमानस्थलमा मेयरलाई लिन पुगेका स्थानीयले पत्रकारलाई ‘सत्ताधारी कलम चलाउन पाइदैन’ भन्दै मेयरलाई स्वागत गरेका हुन्।

स्थानीयले मेयर चौधरीलाई भष्ट्राचार बिरोधी अभियानमा आफू साथ रहेको भन्दै नाराबाजी गरेका थिए। केही दिन अगाडि पत्रकारलाई लोप्पा खुवाएको र फोनमा नाकको डाँडी भाच्न एक करोड बजेट र एउटा घडेरी छुट्टाएको भनिएको भिडियो सार्वजनिक भएको थियो।

मेयर चौधरीले पत्रकारलाई अभद्र व्यवहार गर्दा चौतर्फि बिरोध भएको थियो।