२०७५ साउन ४, शुक्रबार

मेयरविरुद्ध उपमेयर नै अनशनमा

March 20, 2018
69 Views
Spread the love
  • 11
    Shares

पत्रपत्रिका/नयाँ पत्रिका-

आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ । दुई दिनदेखि अनशन बसेकी उपमेयर झालाई सोमबार जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको हो ।

हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी भएको छ । बघचौडामा रहेको नगरपालिका कार्यालय मेयर मण्डलले अन्यत्र सार्न लागेको भन्दै उपमेयर झाले विरोध जनाएकी हुन् ।

नगरपालिका मेयर र उपमेयर दुवै राजपा नेपालका हुन् । मण्डलले आफूलाई जानकारी नै नदिई विशेष नगरसभा बोलाउने तयारी गरेको उपमेयरको आरोप छ । बाघचोडमा रहेको नगरपालिकाको कार्यालयलाई अन्य स्थानमा सार्न खोजेको भन्दै झाले अनशन थालेकी हुन् ।

उपमेयर झाले केही दिनअघि मेयरबाट आफूमाथि असुरक्षा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दर्ता गराएकी छिन् । ‘दुई महिनाअघि सम्पन्न प्रथम नगरसभाको हरहिसाबसमेत मलाई स्पष्ट रूपमा जानकारी गराइएको छैन,’ उनले भनिन् ।

Facebook Comments
  • 11
    Shares

You may be interested

इतिहासकै कालो दिन डा. केसीको जुम्लाबाट राजकीय अपहरण।
विचार/लेख
0 shares168 views
विचार/लेख
0 shares168 views

इतिहासकै कालो दिन डा. केसीको जुम्लाबाट राजकीय अपहरण।

himal post - २०७५, ४ श्रावण १०:४२

कर्ण अधिकारी। सायद दुई तिहाइको दम्भ भएर होला आजकल कम्युनिस्ट सरकारले के गर्न हुन्छ के गर्न हुँदैन भन्ने ख्याल गर्न…

मनोमानी तरिकाले विद्यालय समायोजन र तह घटाउने निर्णय गरेको भन्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
समाचार
0 shares108 views
समाचार
0 shares108 views

मनोमानी तरिकाले विद्यालय समायोजन र तह घटाउने निर्णय गरेको भन्दै काँग्रेसले बुझायो ज्ञापन पत्र

himal post - २०७५, ४ श्रावण १०:३०

विशाल पाण्डेय / सुखड ,कैलाली । घोडाघोडी नगरपालिकाले मनोमानी तरिकाले विद्यालय समायोजन तथा तह घटनाउँने निर्णय गरेको भन्दै नेपाली काँग्रेस…

एकतापछि प्रचण्ड झन बलिया
राजनीति
0 shares618 views
राजनीति
0 shares618 views

एकतापछि प्रचण्ड झन बलिया

himal post - २०७५, ४ श्रावण ०८:३०

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ । कडा बोली र शक्तिमा रहेकाले मात्र उहाँका गाला पोटिला देखिएका…