मेटमणि चौधरीलाई कारबाही गर्न आयोगलाई पत्राचार - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

मेटमणि चौधरीलाई कारबाही गर्न आयोगलाई पत्राचार



काठमाडौं- मधेसी आयोगले शहरी विकास मन्त्रीसमेत रहेका मेटमणि चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ।

दाङ १ मा गठबन्धनबाट उम्मेदवार रहेका चौधरीलाई कार्तिक २१ गतेको एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेशीविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भन्दै मधेशी आयोगले कारबाहीका लागि पत्राचार गरेको हो।

चौधरीले मधेशी समुदायलाई ‘विवेकहीन र चेतना नभएको समुदाय रहेको’ जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेको भन्दै आयोगमा उजुरी परेको छ।