मिटर ब्याजको जालमा घोडाघोडिका बासिन्दा - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

मिटर ब्याजको जालमा घोडाघोडिका बासिन्दा



बिशाल पाण्डेय/प्रकाश मिश्र ,सुखड /कैलाली ।

कैलालीको घोडाघोडि नगरपालिकाका स्थानीय मिटर ब्याजमा फस्दै गएका छ्न । दिनप्रतिदिन पुरुष भन्दा महिलाको चासो मिटर ब्याजमा बढ्दै गएको पाइएको छ ।

मिटर ब्याजका कारण बिचल्लीमा पर्ने महिलाको सङ्ख्या बढ्दै गइरहेको छ । बढी ब्याज पाइने प्रलोभनका कारण मिटर ब्याजमा पैसाको कारोबार गर्ने असुली हुन नसकेपछि धेरैजसो घरवारविहिन अवस्थामा पुगेका छ्न ।

गैरकानुनी मानिएको मिटर ब्याजमा गरिएको ठुलो लगानी असुल हुन नसकेपछि लगानीकर्ता सङगै ऋणिहरु घरबार छोडेरै भाग्न बाध्य भएका छ्न । कैलालीको धनगढी र टिकापुरमा मिटर ब्याजको घटना सेलाउन नपाउँदै घोडाघोडि नगरपालिका -१ सुखडमा पनि मिटर ब्याज मौलाएको छ ।

सामान्यतया लेखपढ गर्न नजान्ने महिलाहरू नै मिटर ब्याजको सिकार हुने गरेका छ्न । यस क्षेत्रमा माकुराको जालो जस्तै बुनिएको मिटर ब्याजमा महिलाहरू फसेको धेरै उदाहरण छन् । गत वर्ष पनि घोडाघोडी नगरपालिकामा मिटर ब्याजको सिकार बनेर धेरै घरबार विहीन भएको घटना बाहिर आएका थिए । समयमा असुली गर्न नसके पछि यो वर्ष पनि यस्तै घटनाहरू बाहिर आइरहेका छ्न ।

मिटरब्याजमा व्यापारी , उच्च पद धारणा गरेका व्यक्तिहरू संलग्न रहेको पाइन्छ । नाम उलेख नगर्ने सर्तमा पीडितले भनिन,’ थाहा थिएन मिटरब्याजको बारेमा साथीहरूको लहलहैमा लागेर घरबार विहीन अवस्थामा पुगेको छु ‘ । महिलाहरूले आफैले गरेको मिटरब्याजको कारोबारको बारेमा घरका अन्य सदस्यहरूलाई थाहा नभएको पाइएको छ । रोजगारको सिलसिलामा श्रीमान् विदेश गएका र निजामती कर्मचारीका श्रीमतीहरू बढी मिटरब्याजको कारोबार मा संलग्न भएको देखिएको छ ।

मिटरब्याज गैर कानुनी र अवैधानिक हो, इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशी भन्छ्न ,’यो मिटर ब्याज पूर्व मेची देखि पश्चिम महाकाली सम्म समस्याको रूपमा देखिएको छ ‘। मिटरब्याजको कारबाही सोझै हुँदैन लेनदेनको मुद्दा अदालतले हेर्ने गरेको जोशीले बताए । पीडितले जानकारी दिएमा दुवै पक्षलाई झिकाइ छलफल गराइ समस्या समाधान गर्न सकिने जोशीको भनाइ छ । यता घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले भने यो मिटरब्याज गैरकानुनी हो ,पीडित पक्षले मुद्दा दिएमा कानुन बमोजिम कारबाही गर्न सकिने बताए ।

सामान्य बैङ्किङ ब्याजदरमा हिसाब मिलान नगरे संलग्नलाई जनकारबाही गर्ने बिप्लपको चेतावनी

कैलालीको मधयवर्ती क्षेत्रमा गैरकानुनी मिटर ब्याजको धन्दा मौलाउँदै गएपछि धेरैको बिचल्ली हुने सम्मको अवस्था आएको छ। हिमाल खबर डट कम सँग कुरा गर्दै बिप्लप नेतृत्वको नेकपा का युवा नेता श्याम सापकोटाले मिटर ब्याजको दलदलमा फसेर बिचल्ली भएकाहरुले हाम्रो जनअदालतलाइ विश्वास गरेर हामी सँग आउनु भएका जनतालाई हामी न्याय दिन्छौ त्यसको लागि पहिलो चरणमा कारोबारीलाई सामान्य बैङ्किङ ब्याजदरमा हिसाब मलिना गर्न अनुरोध गरिसकेको बताए ।

यदि हाम्रो यो अनुरोध नमाने कारोबारीलाई हामी जनकारबाही गर्छौ सापकोटाले भने । आफ्नो नगरमा यत्रो समस्या पर्दा पनि जनप्रतिनिधि मौन बस्नु जनप्रतिनिधि माथि पनि प्रश्न चिन्ह खडा हुने अवस्था आएको उनको भनाइ रहेको थियो ।

अनि के अब जनप्रतिनिधि लाई पनि कारबाही गर्नुहुन्छ त ? भन्ने हाम्रो प्रश्नमा सापकोटाले संलग्न वा संरक्षण गरेको पाइएमा हामी जनप्रतिनिधिलाई पनि कारबाही गर्न पछि पर्दैनौ भन्नुभयो ।