गोल्डेन बुटको दौडमा मेस्सीभन्दा एम्बाप्पे पछाडी - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

गोल्डेन बुटको दौडमा मेस्सीभन्दा एम्बाप्पे पछाडी



काठमाडौं–कतारमा जारी विश्वकप फुटबलको गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई पछि पारेका छन्।

मंगलबार राति सम्पन्न क्राएसियाविरुद्धको रोमान्चक सेमिफाइनल खेलमा एक गोल र एक असिस्ट गरेपछि मेसीले एम्बाप्पेलाई उछिनेका हुन्। यसअघि एमबाप्पेले मेस्सिलाई उछिनेका थिए ।

जारी विश्वकपमा मेसी र एम्बाप्पले समान पाँच गोल गरेका छन्। तर असिस्टमा मेसी अगाडि लागेका छन्। मेसीको तीन असिस्ट गरेका छन् भने एम्बाप्पेकोको दुईमात्र छ।

विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट पाउँछन्। यदि गोल संख्या बराबरी भएका असिस्ट बढी गर्नेले पाउँछ।

जारी विश्वकपमा एम्बाप्पेले अझै दुई खेल खेल्न बाँकी छ। यसैले उनले मेसीलाई जित्न सक्छन्। अब मेसीले भने एकमात्र फाइनलमात्र खेल्न बाँकी छ।