मेसिको ह्याट्रिक:बार्सिलोनाको ला लिगा उपाधी पक्का - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

मेसिको ह्याट्रिक:बार्सिलोनाको ला लिगा उपाधी पक्का



एजेन्सी -स्टार स्ट्राइकर लियोनल मेसिको ह्याट्रिकसँगै बार्सिलोनाले ला लिगाको उपाधी पक्का गरेको छ। आइतबारको खेलमा बार्सिलोनाले डिर्पाटिभो ला कोरुना टिममाथि ४-२ को जित हात पार्याे। सो जितसँगै उपाधि पक्का भएको हो। जितका लागि मेसीले ह्याट्रिक गरेका थिए।

८० मिनेटको खेलसम्म दुवै टिम २ -२ को अवस्थामा थिए। अन्तिम १० मिनेटमा मेसीले २ गोल थप्दै टिमको विजय र उपाधी पक्का गरेका हुन्। बार्सिलोनाको यो २५ औं ला लिगा उपाधि हो।

लिगको ३८ मध्ये ३४ खेल खेलेको बार्सिलोनको ८६ अंक छ। निकटत प्रतिस्पर्धी एटलेटिको मर्डिडको ७५ तथा रियल मर्डिडको ७१ अंक छ। एटलेटिकोले ३५ तथा रियलले ३४ खेल खेलेका छन्। बाँकी खेल जित्दा पनि उनीहरुले बार्सिलोनलाई पछि पार्न नसक्ने भएकाले ४ खेल अघि नै बार्सिलोनाले उपाधि पक्का गरेको हो।