मेस्सी खेल्न नसक्ने - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

मेस्सी खेल्न नसक्ने



एजेन्सी- बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गतको खेलका लागि आइतबार राति रियाल बेटिसको सामना गर्दा पनि टोलीमा कप्तान लियोनेल मेसीको साथ हुने छैन।

पिडुलामा लागेको चोटका कारण आराममा रहेका मेसी यही हप्तामात्र टिमको अभ्यासमा फर्किएका थिए। अर्जेन्टिनाका लागि कोपा अमेरिका खेल्नुका साथै त्यसपछि चोटका कारण उपचार गराउनु परेका कारण मेसी बार्सिलोनाका प्रि–सिजन गतिविधिमा समावेश थिएनन्।

लगातार धेरै दिन अभ्यास गरे पनि शुक्रबार मेसीले असहज महशुष गरेका थिए। जसका कारण प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले आफ्नो टोलीका सबभन्दा स्टार खेलाडीलाई चाढै मैदान उतार्ने जोखिम मोल्न सकेनन्।

भाल्भेर्डेले सतप्रतिसत फिटनेसका साथ मेदान उत्रिन मेसीले सहज अनुभव नगरेसम्म उनलाई खेलाएर जोखिम नमोल्ने बताए।

चोटकै कारण अघिल्लो साता सिजनको पहिलो खेलमा एथलेटिक बिल्बाउसँग १–० ले पराजित हुँदा पनि मेसीलाई भाल्भेर्डेले टिममा समावेश गरेका थिएनन्।