अर्जेन्टिनाको जित, मेस्सीको ह्याट्रिक - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अर्जेन्टिनाको जित, मेस्सीको ह्याट्रिक



ब्यूनस आयर्स (एजेन्सी)– विश्वकप फुटबलको तयारीमा भएको मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले पराजित गरेको छ। अर्जेन्टिनाको जितमा स्टार फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेका छन्।

अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्स स्थित ला बोम्बोनेरा मैदानमा भएको खेलमा मेस्सीले १७ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए। जियोभानी लो सेल्सोलाई लडाएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाए।

दोस्रो हाफमा ५८ औं मिनेटमा लो सेल्सोले गरेको प्रहार विपक्षी गोल किपर जोनी ब्लेसाइडले रोकेपनि मेस्सीले त्यसलाई सहजै ट्याप गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर गरे। ६६ औं मिनेटमा पुनः गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे।

दोस्रो हाफमा गोन्जोलो हिगुएनको स्थानमा मैदान प्रवेश गरेका सर्जियो अगुएरोले ६८ औं मिनेटमा मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनालाई चौथो गोल दिलाए।

अर्जेन्टिनाले विश्व कपअघि ९ जुनमा अर्को मैत्रीपूर्ण खेलमा इजरेलको सामना गर्दैछ । विश्व कपको समूह डीमा आइसल्याण्ड, क्रोएसिया र नाइजेरियासँग रहेको अर्जेन्टिनाले पहिलो खेलमा जुन १६ का दिन आइसल्याण्डको सामना गर्नेछ।