नेपालमा गरियो मेसीको नाममा ९ ग्रहको पूजा - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

नेपालमा गरियो मेसीको नाममा ९ ग्रहको पूजा



काठमाडौं- कतारमा जारी विश्वकपको आइतबार फाइनल खेल हुँदैछ । फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । कसले जित्ला विश्वकप भन्ने सबैको चासोको विषय बनिरहेका बेला नेपालमा भने लियोनल मेस्सीको ग्रहशान्ति गरिएको छ ।

विश्वकपको उपाधि नजिक रहेको अर्जेन्टिनाका कप्तान लियोनल मेसीका नाममा हेटौँडाका एक युवकले ९ ग्रहको पूजा गरेका छन् ।

हेटौँडा ११, स्थित नवलपुरका सागर घिमिरेले मेस्सीको नाममा शनिबार घरमै पूजा लगाएका हुन् । विश्वकपमा अर्जेन्टिनाको जित होस् र मेसीले जादुमय खेल देखाउन सकुन भनेर उनले पूजा लगाएका हुन् ।

समय चक्रमा ग्रहहरूका कारण गर्न खोजेका काममा वाधा अड्चनहरू आउने र सोचेको कामहरू नबन्ने भएकाले मेसीको ग्रह पूजा गरेको घिमिरेले बताएका छन् ।

लियोनले मेसीलाई विश्वकप जित्न ग्रहहरूले वाधा अड्चन नगरोस भन्ने सोचेर पूजा लगाएको घिमिरेको दाबी छ। कतारमा जारी विश्वकपको उपाधि रक्षाका लागि आइतबार साँझ मेसीको कप्तानमा रहेको अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्सको सामना गर्दैछ ।

पूजा पण्डित बासुदेव आचार्यले गरेका छन् ।