प्रशिक्षणको पहिलो दिनमै घाइते भए मेस्सी ,अमेरिका जना पाएनन् - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

प्रशिक्षणको पहिलो दिनमै घाइते भए मेस्सी ,अमेरिका जना पाएनन्



स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसी प्रशिक्षणमा फर्किएको पहिलो दिनमै घाइते भएका छन्। सोमबार प्रशिक्षणका दौरान मेसीको दायाँ खुट्टाको पिडौलामा समस्या देखिएको हो।

मेसी घाइते भएपछि बार्सिलोनाको टिम उनीबिना अमेरिका भ्रमणमा गएको छ।

‘पहिलो दिनको प्रशिक्षणमा समस्या आएको छ। छिटै ठिक हुने विश्वास छ,’ मेसीले भनेका छन्, ‘सन्देश पठाउने सबैलाई धन्यवाद।’

मेसीले आफू अमेरिका भ्रमणमा चाहेर पनि जान नपाएको उल्लेख गरेका छन्।

मेसी गत साता अर्जेन्टिनामा विदा मनाएर फर्किएका थिए।बार्सिलोनाले अमेरिका भ्रमणका दौरान इटालियन क्लब नापोलीसँग २ वटा खेल खेल्नेछ।

त्यसपछि बार्सिलोना सिजनको लिग खेल्न स्पेन फर्कनेछ। स्पेनिस ला लिगा आगामी अगस्ट १७ बाट सुरु हुँदैछ। साविक विजेता बार्सिलोनाले पहिलो खेल एथ्लेटिको बिल्बाओसँग खेल्नेछ।