मेस्सीमाथि आक्रमण - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

मेस्सीमाथि आक्रमण



एजेन्सी- बार्सिलोनाका अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीमाथि स्पेनी आइल्यान्ड इबिजास्थित एक रात्रिकालीन क्लबमा आक्रमणको प्रयास भएको छ । यद्यपि सो घटनामा उनी सुरक्षित छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा मेस्सीलाई क्लबका सुरक्षा गार्डहरुले स्कर्टिङ गरी सुरक्षित स्थलतर्फ लगेको देखिएको छ । त्यसअघि क्लबमा मादक पदार्थ सेवन गरेका केही युवाले मेस्सीसँग झगडा गर्ने प्रयास गरेको देखिएको छ ।

यद्यपि, क्लबका सुरक्षा गार्डको सावधानीका कारण मेस्सी सुरक्षित देखिएका छन् । मेस्सी स्पेनी घरेलु सिजन सुरु हुनुअघि बिदा मनाउन आफ्ना सहकर्मी र परिवारसँगै इबिजामा रहेका छन् ।

सोही क्रममा उनी आफ्ना सहकर्मीसँगै रात्रिक्लबमा पुगेका थिए । त्यहाँ मेस्सीसँगै उनकी श्रीमती तथा सहकर्मीहरु लुइस स्वारेज, सेस फाब्रिगासलगायत देखिएका छन् ।