ला लिगामा बार्सिलोना विजयी, मेस्सीको व्यक्तिगत ५० गोल - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

ला लिगामा बार्सिलोना विजयी, मेस्सीको व्यक्तिगत ५० गोल



काठमाडौं- स्पेनीस लिग फुटबलमा शिर्ष स्थानको बार्सिलोनाले डेपोर्टिभो आलाभेजलाई ४–१ ले हराएको छ ।

गए राति आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन एन्टोइन ग्रिजम्यान, अर्टुरो भिडाल, लियोनल मेस्सी र लुईस सुवारेजले एक एक गोल गरे ।

लियोनल मेसीले सन् २०१९ को आफ्नो व्यक्तिगत ५० औं गोल गर्दै स्पेनी ला लिगामा बार्सिलोनालाई एलाभेसमाथि शनिबार राति ४–१ को जित दिलाएका हुन् ।

यस नतिजासँग बार्सिलोनाले घरमा पूरा वर्ष अपराजित यात्रा पूरा गरेको छ ।

बार्सिलोनाले सन् २०१९ मा आफ्नो घरेलु मैदान नू क्याम्पमा २४ खेल जितेको छ भने चार खेलमा बराबरी खेलेको छ। सन् २०११ यता यो पहिलो पल्ट बार्सिलोना घरमा अपराजित रहेको हो।

जितपछि बार्सीलोनाले दोस्रो स्थानको रियाल मड्रिडसँग ३ अंकको अग्रता लिएको छ । १८ खेलबाट बार्सिलोनाको ३९ अंक भएको छ भने १७ खेलबाट रियाल मड्रिडको ३६ अंक छ ।

रियालले आज एथ्लेटिक बिल्बाओसँग खेल्नेछ । ला लिगाअन्तर्गत गए रातिका अन्य खेलहरुमा सेभियाले मयोर्कालाई २–० ले हराउँदा भियारियालले गेटाफेमाथि १–० को जित निकाल्यो ।

भ्यालेन्सीया र रियाल भालाडोलिडले एक एक गोलको बराबरी खेलेका छन् ।