मेस्सीका निम्ति अग्निपरीक्षा - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

मेस्सीका निम्ति अग्निपरीक्षा



एजेन्सी । रसिया विश्वकप २०१८ अतर्गत आजको खेलमा अज्रेन्टिनाले क्रोएसिया विरुद्दको खेल हारेमा विश्वकप बाट बाहिरिने छ । पहिलो पटक विश्वकप खेलेको टिम आइसल्याण्डसँग बराबरीमा रोकिएको अजे्रन्टिनाले आजको खेल जित्नै पर्ने दबाब छ ।

नाइजेरिया विरुद्दको खेलमा २–०को जित हात पारेको क्रोएसिया उच्च मनोबलका साथ अजे्रन्टिना विरुद्द खेल्दैछ । क्रोएसियाले एकखेल मात्र जितेपनि अन्तिम १६ मा उसको स्थान पक्का हुने देखिन्छ । तर! अजे्रन्टिनालाई आफ्नो स्थान अन्तिम १६ मा पक्का गर्नको निम्ति एक मात्र खेल जितेर पुग्दैन । आजको खेलमा जिते पनि मात्र चार अंक अज्रेन्टिनाले बनाउने छ । अन्तिम १६ मा स्थान बनाउन उसलाई चौथो खेल पनि जित्नै पर्ने दबाब छ ।

क्रोएसिया आफ्ना स्ट्राइकर निकाला कालिनक बिना नै मैदानमा उत्रिदै छ । खेल खेल्न नमानेपछि उनलाई घर पठाइएको हो । मेस्सीले रुस विश्वकपको पहिलो खेलमा आइसल्याण्डको पोस्टमा दर्जर्नौ पटक प्रहार गरेपनि गोल गर्न सकेका थिएनन् ।

विश्व फुटबलको शक्तीशाली देश अज्रेन्टिना र क्रोएसिया बिचमा यसअघि चार पटक भेट भएको छ, जसमा चार अज्रेन्टिना, एक क्रोएसिया र एक बराबरी भएको छ । आजको खेल अज्रेन्टिना तथा मेस्सीका निम्ति अग्निपरीक्षा सरह रहेको छ

। आजको खेलले नै अजे्रन्टिना विश्वकपको यात्रामा रहने नरहने फैसाला गर्ने छ ।