राष्ट्रपतिको ‘मेरो सरकार’बारे प्रधानमन्त्री ओलीले मुख खोले - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

राष्ट्रपतिको ‘मेरो सरकार’बारे प्रधानमन्त्री ओलीले मुख खोले



काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर सम्बोधन गरेको भन्दै व्यापक आलोचना भएपछि त्यस विषयमा प्रधानमन्त्री केपी शर्माले ओलीले स्पष्टीकरण दिएका छन्।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनले सम्पादकहरूसँग अन्तरक्रिया गरिरहेका छन्।

त्यस क्रममा प्रधानमन्त्री ओलीले यस्ताे स्पष्टीकरण दिएका हुन्।

शुक्रबार सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति भण्डारीले मेराे सरकार भन्ने शब्द प्रयाेग गरेपछि राजाकै झल्को दिएको भन्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ। प्रमुख प्रतिपक्षलगायत राजनीति दलका नेताहरूले पनि राष्ट्रपतिको सम्बोधनको आलोचना गरेका छन्।

त्यस विषयमा शनिबार बिहान सम्पादकहरूसँगकाे अन्तरक्रियमा प्रधानमन्त्री ओलीले यसाे भनेः

मैले मेरो देश भन्छु, तपाईँको अरुको होइन भनेको हो र? मेरो मात्र हो र राष्ट्रिय गान? मेरो राष्ट्रिय गौरव भन्छु ।

मेरो भन्ने कुराको सामूहिक अर्थमा बुझ्ने प्रयास हो।

राष्ट्रप्रमुखको हैसियतले यो सरकार राष्ट्रपतिकै हो। त्यसैले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको हो।

यो अन्तर्राष्ट्रिय प्रचलन पनि हो।

यसअघिका राष्ट्रपतिकाे सम्बाेधन युट्युबमा हेर्नुभयाे भने पनि यस्तै भनेकाे देखिन्छ।

‘भ्रष्टाचार उन्मूलन गर्नु मेरो नीति हो’

३८ क्विन्टल सुन पास हुँदासम्म चाइँचुइँ केही थिएन मेरो नेतृत्वको सरकार आएपछि अभियुक्तहरू धमाधम पक्राउ पर्न थाले। त्यसपछि ठूला माछा पक्राउ परे। ठूला माछा पक्राउ परेका छन्, जेलमा छन् कोही।

मजेरीमा गाडिएका, घरभित्र लुकाइएका सुन निकालिएका छन्।

बालुवाटारको त्यत्रो जमिन हडपिएको अहिले हो र! हामीले नै खोजी गरेको हो। अहिले धेरै नभनौं।

वाइडबडीकाे पनि छानबिन हुन्छ। भ्रष्टाचारमा अनुगमनमाथि अनुगमन गर्छु। भ्रष्टाचार न्यूनीकरण गर्दै उन्मूलन गर्नु मेरो नीति हो।

म योजना आयोगको अध्यक्ष हुँदाहुँदै उपाध्यक्षकहाँ मागपत्र पेस गर्न जानु भएन नि। एकजना साथीले राष्ट्रिय आयोगको योजनामा मागपत्र पेस गर्नुभएछ।

‘२०५१ देखि नै क्षेत्रकेन्द्रित राजनीति छाडें’

२०४८ मा क्षेत्र केन्द्रित भएर संसदमा बोलेको थिएँ। २०५१ मा एमालेको सरकार बन्यो र गृहमन्त्री भएपछि क्षेत्रकेन्द्रित राजनीति छाडें।

राष्ट्रिय राजनीति केन्द्रित हुनुपर्छ भन्दै आएको छु।