मेरो जिन्दगी - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

मेरो जिन्दगी



समीर प्रकाश पाण्डे

कैले यता कैले उता सिएर जानी भो
याद मेटाउने निहुँमा सधैँ पिएर जानी भो ।।

तिमी आयौँ भरायौ पीडा सक्दिन सहन अब
आशुका धारा मन भरी पीडा लिएर जानी भो ।।

तिम्रै खुसी तिम्रै भलो चाहँदै कामना गर्दा गर्दै
पथ्थर ले घटेको मानी जस्तै खिइएर जानी भो ।।

मैले माया दिँदा दिँदै किन दिन्छौ यस्तो पीडा
रुँदै कराउँदै पागलको जिन्दगी जिएर जानी भो ।।

गल्ती तिम्रा हेरिन आँट आएन न राम्रो भन्ने
चुपचाप चुपचाप सुनेरै मूर्ती झैँ उभिएर जानी भो ।।