मेलमिलापकर्ता प्रशिक्षण सम्पन्न - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

मेलमिलापकर्ता प्रशिक्षण सम्पन्न



बुटवल। समाजमा रहेका बिपन्न र सिमान्तकृत समुदायको लागी न्याय र शुरक्षामा पहुँच पु¥याउन आधारभुत सामुदायीक मेलमिलाप प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

युके.एड र सर्चफर कमन ग्राउण्डको सहयोगमा सञ्चालनमा आएको तालिम फागुन २९ गते बाट शुरु भएर सोमबार समापन भएको हो ।

प्रशिक्षण कार्यक्रमको समापन समारहमा बोलदै बोल्दै जिल्ला समन्वय समिति रुपन्देही प्रमुख एकराज बिश्वकमाले रुपन्देहीको कोटहीमायी क्षेत्रबाबट नै जिल्लाको अन्य क्षेत्रको लागी बिकास थाल्ने बताउँदै उनले सो क्षेत्रको मुहार छिटो फेर्ने अभियानमा लागेको बताए ।

उनले यो गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने प्रतिबद्वता जनाए । कार्यक्रममा बोल्दै काटहिमायी गाउँपालिका प्रमुख चन्द्रभुषण यादबले बोल्दै अब आफ्ना समस्याहरु आफ्नै तहमा लैजाने बताए ।

कानुन अन्वेषण तथा स्रोत विकास केन्द« (सेर्लड) रुपन्देहीको को आयोजनामा कोटहिमाई गाँउपालिका मेलमिलापकर्ताहरुको लागि सामुदायिक मेलमिलाप सम्बन्धि आधारभुत तालिममा सिकेका कार्यहरुलाई आफ्ना जिवनमा सदुपयोग गर्न सेर्लड रुपन्देही संयोजक राधा भट्टराईले आग्रह गरीन् ।

उनले सिकेका सिपको प्रयोग गरेमा आर्थिक रुपमा जिवनस्तर सुधार हुने बताईन् । उनले मेलमिलापले अदालतको खर्च बचाउँने बताउँदै यसले दुबै पक्षबिच हुनसक्ने द्वन्द्व हटाउन सहयोग गर्ने समेत बताईन् ।

बुटवल उपमहानगरपालिका ३ मा रहेको होटल मर्डिङ ड्युमा सञ्चालन भएको तालीममा कोटहीमायी गाउँपालिका उपाध्यक्ष भानुमति बनिया तथा स्थानीय जनप्रतिनिधि, र गाउँपालिकाको सिफारिस गरीएका २७ व्यक्तिहरु सहभागि रहेका थिए ।

कार्यक्रममा सर्च फर कमन ग्राउण्डका रिर्जनल म्यानेजर जिवन्त वाग्ले , कदम नेपालका कार्यक्रम संयोजक शुसिल खनाल, प्रशिक्षार्थी ईश्राक अहमद, बिरेन्द्र पाल, कृष्णा महर्जन, मिथलेस मिश्रा, गाउँपालिकाका प्रशाषकिय अधिकृत गणेश घिमिरे , जिल्ला समन्वय समिति सदस्य सराेजा बढाई लगायतले बोलेका थिए ।

तालिममा लिएका २७ ब्यक्तिहरु थपिँदा गाउँपालिकामा ५४ जना मेलमिलापकर्ता बनेका छन् । तालिममा सेर्लड संयोजक राधा भट्टराई, अधिवक्ता हेमा न्यौपाने,प्रशिक्षक राजेश चौधरी,अधिवक्ता लोकनाथ पन्त,सर्चफर कमन ग्राउण्डका रिर्जनल म्यानेजर जिवन्त वाग्ले लगायतले सहजीकरण गरेका थिए ।