बाढी आउने सुचनाले मेलम्चीमा फेरि तनाव: स्थानीयहरू त्रसित - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

बाढी आउने सुचनाले मेलम्चीमा फेरि तनाव: स्थानीयहरू त्रसित



काठमाडौं- निरन्तर भैरहेको वर्षाले मेलम्ची खोलाको बहाव अत्यधिक बढेको छ । केहि समय अगाडी मात्र बाढीले तहसनहस पारेको मेलम्चीमा बढेको पानीको बहावले स्थानीयलाई झनै त्रसित बनाएको छ ।

केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएपछि जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ । त्यहाँ बुधबार दिउँसोदेखि निरन्तर परेको छ ।

निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्रहरीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ ।

यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको बताईएको छ ।