यो दशैंमा पनि आउंदैन मेलम्चीको पानी ! - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

यो दशैंमा पनि आउंदैन मेलम्चीको पानी !



काठमाडौं – दशैं अगावै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ ।

तर, काम भने कछुवाको गतिमा अगाडि बढेको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।

अघिल्लो बर्षको दशैंमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने भाका तोके पनि कामले गति लिन नसकेपछि भाका सरेर यस बर्षको दशैंसम्म आइपुगेको छ ।

तर यस बर्षको दशैंसम्ममा पानी खुवाउने भाका पूरा हुने नहुने अझै पनि निश्चित छैन ।