ठेकेदार कम्पनीले काम छाडेपछि मेलम्ची खानेपानी आयोजनाको काम ठप्प  - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ठेकेदार कम्पनीले काम छाडेपछि मेलम्ची खानेपानी आयोजनाको काम ठप्प 



काठमाडौँ । इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् ।

यसले अबको ४६ दिनभित्र निर्माण सकी मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडाैं ल्याइसक्ने खानेपानी मन्त्रालय र आयोजनाको पूर्वघोषित लक्ष्य अन्योलमा परेको छ । सुरुङको फाइनल फिनिसिङलगायत काम रोकिएपछि अब आयोजना कहिले सम्पन्न हुने भन्ने अनिश्चित भएको छ।

साइट छाडेर भाग्न राजधानी आइपुगेका ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर क्रिस्चियानो ग्रेचोसहित आठ कर्मचारीलाई खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिको आग्रहमा प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको छ। उनीहरूको पासपोर्टसमेत आयोजनाले नियन्त्रणमा लिएको छ।, आजको कान्तिपुर दैनिकमा खबर छ ।