बुधवारदेखि बुटवलमा हुने ,प्रर्दशनीको तयारी तिब्र - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

बुधवारदेखि बुटवलमा हुने ,प्रर्दशनीको तयारी तिब्र



राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा यही कार्तिक ८ गते बुधवारदेखि बुटवलमा हुने राष्टिय औधोगिक कृषि तथा पर्यटन प्रवद्र्धन प्रर्दशनीको तयारी तिब्र पारिएको छ ।

१० दिनसम्म बुटवलको बुटवलमण्डपमा चल्ने मेलामा दैनिक उपभोग्यबस्तु, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औधोगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोवाइल्स, सूचना प्रविधि तथा इलोक्ट्रनिक्स, टेक्सटाई, गार्मेन्ट तथा फुटवेयर, फर्निचर तथा फर्निसिङका समग्री, बैंक तथा वित्तीय, होटल तथा रेष्टुरण्टका ३ सय स्टल दर्ता भएको संगठनका निवर्तमान अध्यक्ष खिम नारायण पराजुलिले जानकारी दिनुभयो ।

प्रर्दशनी स्थलमा स्टल, मञ्च, स्वागतद्धार निर्माण लगायतका कामहरु अन्तिम चरणमा पुगेका छन ।
प्रर्दशनीको पुर्वप्रधानमन्त्रि तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।