चर्चा बटुल्दै मेघजन कडायतको 'चुरोट र गाजा ' (भिडियो सहित) - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

चर्चा बटुल्दै मेघजन कडायतको ‘चुरोट र गाजा ‘ (भिडियो सहित)



कैलाली । चर्चित गायक मेघजन कडायतले ‘चुरोट र गाजा’ गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

मायामा भ्रष्टाचार भयो भन्ने गितको अपार सफलतापछि कडायतले केहिसमय अघि सार्वजनिक गरेका ‘नभइ नहुन्या मलाई चुरोट र गाजा’ ले पनि छोटो समयमै अहिले सांगेतिक बजारमा चौतर्फी चर्चा बटुली रहेको छ ।

भ्रष्टाचार भयो नामक गितबाट साङ्गितिक बजारमा आफ्नो छुट्टै छवि बनाएका गायक मेघजनले हालसम्म दुई दर्जन भन्दा बढी गितमा आफ्नो स्वर दिइसकेका छन भने एक दर्जन भन्दा बढी गितहरुमा संगीत गरिसकेका छन् ।

भ्रष्टाचार भयो भन्ने गितमा पनि गायक मेघजन कडायतको आफ्नै स्वर र आफ्नै शब्द रहेको थियो भने नेपालकी चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी थिइन् । साथै उक्त गितमा चर्चित र्‍यापर मिस्टर आर जे (mr rj) ले र्‍याप गरेका थिए । त्यस्तै उक्त म्युजिक भिडियोमा नेपालकै ख्याति प्राप्त नायक पल शाहले अभिनय गरेका थिए भने मोडेल शृस्टि खड्काले अभिनयमा साथ दिएकी थिइन् ।

चर्चित मोडल तथा गायक चक्र बमको शब्द तथा संगित रहेको ‘चुरोट र गाजा’ बोलको गितमा गायक मेघजनको स्वर रहेको छ । निर्देशक बिक्रम चौहानले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा चर्चित गायक तथा मोडेल चक्र बमको अभिनय रहेको छ भने करिश्मा ढकालले अभिनयमा साथ दिएकी छन् ।

यो गित झट्ट सुन्दा गाजा र चुरोट भन्ने बित्तिकै धूम्रपान र लागुपदार्थ सन्बन्धी गित भन्ने बुझियता पनि गितको कथा बस्तु बुझेर अन्तिमसम्म सुन्दै र हेर्दै गइयो भने यो गितले एकदमै संदेश मुलक र सकारात्मक जानकारी गराएको गायक कडायतले बताए ।

छोटो समयमै सङीत क्षेत्र बाट आफ्नो नाम कमाउन सफल गायक मेघजनले आज भन्दा तीन बर्ष पहिले ‘सारै मन पराउने’ भन्ने बोलको पहिलो लोक तथा दोहोरी गितबाट सांगेतिक यात्रामा पाइला टेकेका हुन् ।

गायक कडायतका चर्चित गितहरु कन्या कुमारी ,love u darking मै तिर फर्क न, रात्रि बसमा, भमरा, मनै खाने काली, फरक फरक,नक्क्लै पारी, स्टाईल ,DJ मा नचाउला,स्वर्ग लोक कि परि,भ्रष्टाचार भयो र हालै चुरोट र गाजा जस्ता गितहरुले बजारमा एकपछि अर्को सफलता पाइरहेका छन ।

सानोमा गित संगित गाउन नजान्ने , लजालु र एक दमै कम बोल्ने मेघजन बिकट ठाँउ अछाम जिल्लाको खप्तड गाबिस को पुत्रु भन्ने ठाउँमा जन्मेका हुन् । प्राबिसम्म खप्तडमा अध्ययन गरेका कडायतले माबी अध्ययनको लागि बाजुराको काडा भवानीमा भर्ना भएका थिए । आफ्नो बाल्यकाल दु:खद रुपमा गुजारेको सुनाउदै उनले उकालि ओराली डाडा काडा गर्दै आफ्नो बाल्यावस्था बिताएको अहिलेसम्म सम्झिरहेको बताए । केही समयपछि आफ्नो घर परिवारको सङ्गै कैलालीको मसुरियामा बसाइ सरी आएका मेघजनले कैलाली बहुमुखी क्याम्पसबाट कक्षा १२ पास गरिसकेपछि मात्र आफ्नो गित संगित तर्फ रुचि र सोचबिचार पलाउदै गएको हिमाल पोस्टलाई बताए ।

आफन्त ,दाजुभाइ र साथीहरुबाट एकदमै राम्रो हौसला , साथ र सहयोग पाएपछि २०६७ सालमा गित संगितकै लागि भनेर काठमाडौं हानिए उनी । लगभग तीन बर्ष सम्म काठमाडौंमा शास्त्रीय संगितको अध्यन गरिसकेपछि
जीवन नै संगित वा संगित नै जीवन हो भन्ने अभिप्रायले एकोहोरो संगित क्षेत्रमा लागि परेका उनी संगित क्षेत्रबाट आफू सन्तुष्ट भएको बताउछन ।

जहाँ इच्छा त्यहा उपाय भने झै मेहेनत ,परिश्रम ,लगाब,निरन्तरता साधनाले गित संगितमा पक्कै सफल भइन्छ भन्ने कुरा गायक मेघजनले आफ्नो अनुभव बताउछन ।

भिडियो हेर्नुहोस :