कार्यसूचीमै नभएको एमसीसी संसदमा टेबुल गराउने तयारी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

कार्यसूचीमै नभएको एमसीसी संसदमा टेबुल गराउने तयारी



काठमाडौं। आजको प्रतिनिधिसभाको १०औँ अधिवेशनको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ।

संसद बैठक दिउँसो १ बजेका लागि तय भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।

बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ। मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको छ। तर, सत्तारुढ नेकपा माओवादीका नेता सभामुख भएकाले सरकारलाई असहयोग छ।

माओवादी सरकारमा भए पनि नेतृत्वकर्ता कांग्रेससंग एमसीसीको विषयमा मतभिन्नता छ। यसै कारण संसद बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौँ अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो। उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ।