एमसीसी अगाडि बढाउने नेताले देश छाडेर भाग्ने दिन आउँछ : सांसद प्रेम सुवाल - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

एमसीसी अगाडि बढाउने नेताले देश छाडेर भाग्ने दिन आउँछ : सांसद प्रेम सुवाल



काठमाडौं– संसदमा एमसीसीबारे चर्को आवाज उठेको छ । नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले एमसीसी अगाडी बढाउने नेताहरूले देश छाड्नुपर्ने अवस्था समेत आउने चेतावनी दिएका छन्। उनले जनविरोधी काम गर्ने छुट कसैलाई नभएको बताए ।

जनताको विरोधलाई बेवास्ता गरेर अगाडि बढाउने नेताहरू देश छाडेर जानुपर्ने अवस्था आउन सक्ने सुवालले बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन्।

‘एमसीसी अगाडि बढाउनेहरु अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपति जस्तै देश छाडेर जाने परिस्थिति आउन सक्छ,’ उनले भने, ‘एमसीसीले कस्तो अवस्था ल्याउँछ भन्ने त नेताहरूले पनि बुझेका होलान्।’