भोलि संसद बैठक, कार्यसूचीमै छैन एमसीसी - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

भोलि संसद बैठक, कार्यसूचीमै छैन एमसीसी



काठमाडौं । भोलि बस्न लागेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

संघीय संसद सचिवालयले जारी गरेको कार्यसूची अमेरिकी सहायता परियोजना एमसीसी भने राखिएको छैन् ।

भोलिको बैठकमा एमसीसी पेस हुन सक्ने ठानिएका बेला संसद सचिवालयले जारी गरेको कार्यसूचीमा भने थारु आयोगको वार्षिक प्रतिवेदन पेस हुने र शोक प्रस्ताव पारित गर्ने मात्रै छ।

सत्तारुढ गठबन्धन भित्रै एमसीसीबारे एकमत छैन् । कांग्रेस एमसीसी पारित गर्न चाहान्छ भने माओवादी र एकीकृत समाजवादी लगायत एमसीसी अलिहेकै अवस्थामा अगाडि बढाउन नहुने पक्षमा छन् ।