एमबाप्पेले भने : रोनाल्डो होइन, मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एमबाप्पेले भने : रोनाल्डो होइन, मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी



एजेन्सी । वर्षौदेखि क्रिष्ट्रियानो रोनाल्डो कालियन एमबाप्पेका आदर्श रहदैं आएका छ। तर, पछिल्लोपटक पिएसजीमा लियोनल मेस्सीसँग खेल्न थालेसँगै एमबाप्पेमा परिवर्तन देखिन थालेको छ।

उनी रोनाल्डोलाई बिर्सिएर मेस्सीको फ्यान भएजस्तो देखिन्छ। यसअघि एमबाप्पे रियल म्याड्रिड जानका लागि तम्तयार देखिएका थिए। तर पिएसजीले पनि मेस्सीको संगत गर्दै जाँदा एमबाप्पेले आफ्नो मन फेर्छन् भन्ने आशा लिएको छ। र, अहिले त्यस्तै देखिन्छ।

मंगलबार ब्रुग्गीविरुद्धको खेलमा मेस्सी र एमबाप्पे दुबैले दुई–दुई गोल गरे। एमबाप्पेले यसपछि मेस्सीलाई विश्वकै सर्वाधिक उत्कृष्ट खेलाडी भनेर सम्बोधन गरेका छन्। ‘मेस्सीसँग खेल्न सजिलो छ।

उनी विश्वका सर्वोत्कृष्ट खेलाडी हुन्। केही दिनअघि उनले बोलोन डि’ अर जिते। आज उनले दुई गोल गरे र खुसी छन्। र, मलाई आशा छ, उनले हामीलाई भविष्यमा सहयोग गर्नेछन्,’ एमबाप्पेले भने।

यसअघि उनले रोनाल्डो विश्‍वकै उत्कृष्ट खेलाडी भएको बताउने गरेका थिए। एमबाप्पे बाल्यकालदेखि नै रोनाल्डोका फ्यान हुन्।