मेयरको घरमा बम विस्फोट - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मेयरको घरमा बम विस्फोट



कैलाली ।। कैलालीको गोदावरी नगरपालिकाका मेयरको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ ।

गोदावरी नगरपालिकाका मेयर हरिसिँह साउदको घरमा बुधबार विहान २ बजे अज्ञात समूहले बम विस्फोट गराएको हो । घर भन्दा ५ मिटर पर खाल्डो खनेर प्रेसर कुकर बम विस्फोट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रहरीका अनुसार बम विस्फोटबाट घरको भित्ता भत्किएको छ भने अन्य कुनै क्षति भएको छैन ।

– उज्यालो अनलाईन बाट