मायाको घैलामा युदिन र सोनाको रोमान्स् (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मायाको घैलामा युदिन र सोनाको रोमान्स् (भिडियो सहित)



काठमाडौं/हिमाल पोस्ट 

प्रदेशी भूमिबाट भए पनि नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका गायक एवं सर्जक प्रेम सापकोटा सोनु र गायिका सावित्री जोशीको स्वरमा रहेको रोमान्टिक सबैलाई नचाउने गीत “मायाको घैला ” हिजो मात्रै गायक सापकोटाको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

युदिन न्यौपानेको पहिलो प्रस्तुतिमा रहेको घैलालाई किस्ना आचार्य रोशनीले सिर्जना गरेकी हुन भने भाका स्वयम्  गायक सापकोटाले बनाएका छ्न् ।

पछिल्लो समयकी व्यस्त एवं लोकप्रिय निर्देशक तथा मोडल स्मृति तिमिल्सिना “गुरूआमाको”उत्कृष्ट निर्देशनमा “मायाको घैला” लाई सुरेस श्रेष्ठ र प्रकाश सङ्गम कडेलले खिचेका हुन भने प्रकाश धमलाले सम्पादन गरेका छन् ।

घैलाको म्युजिक  भिडियोमा स्मृति तिमिल्सिना “गुरूआमा”,लोमुश,शोना र युदिनको उत्कृष्ट नृत्य/अभिनय रहेको छ ।