मायाको व्यापारी बोलको गीत सार्वजनिक(भिडियो) - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

मायाको व्यापारी बोलको गीत सार्वजनिक(भिडियो)



काठमाडौं: जलराप्ति डिजिटल म्युजिक प्र.लि.को नयाँ गीत मायाको व्यापारी सार्वजनिक भएको छ । यो गीत म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

शब्द र स्वरको कारणले निकै चर्चामा रहेको मायाको व्यापारी बोलको गीत उत्कृष्ट भिडियो बनेपछि झन् चर्चा चुलिएको छ । यस गीतमा वसन्तराज बिक र पार्वती रावले आवाज दिएका छन् । शब्द, सङ्गीत चेतन गोतामेले गरेका छन् ।

निर्देशक विशाल वैरागीले निर्देशन गरेको यस गीतमा गौतम पोखरेल र साया भण्डारीले अभिनय गरेका छन् । गीतको भिडियोमा आफूले निकै मेहनत गरेको, कलाकारहरूले पनि सोचे जस्तो अभिनय गरेको कारणले गीत उत्कृष्ट बनेको निर्देशक वैरागी बताउँछन् । मैले दर्जनौँ गीतहरूमा अभिनय गरेँ तर मायाको व्यापारीमा झन् राम्रो गरेजस्तो लागेको मोडल गौतम पोखरेल बताउँछन् । यस गीतको छायाङ्कन दिनेश मुस्कानले गरेका हुन भने सम्पादन अनिल विष्ट प्युठानले गरेका हुन ।