माया मेट्रो अस्पतालमा शल्यक्रियापछि शिशुको मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

माया मेट्रो अस्पतालमा शल्यक्रियापछि शिशुको मृत्यु



कैलाली–धनगढीको माया मेट्रो अस्पतालमा हरनियाको शल्यक्रियापछि एक शिशुको मृत्यु भएको छ। हरनियाको शल्यक्रियाका लागि अस्पतालमा भर्ना गरिएका कैलालीको टिकापुर नगरपालिका ५ का विरबहादुर चौधरीका १७ महिने शिशुको मृत्यु भएको हो। बैशाख २४ गते अस्पताल पु¥याईएका शिशुको शल्यक्रिया पछि आज मृत्यु भएको हो। शल्यक्रिया गरेको दुई दिनमा शिशुको मृत्यु भएपछि डाक्टरको लापरवाही गरेको परिवारले आरोप लगाएका छन्।

चौधरीले डाक्टरको लापरवाहीले शिशुको मृत्यु भएको आरोप लगाए। तर शल्यक्रियामा संलग्न चिकित्सक विनय तिम्लसिनाले हरनियाको अड्किएको ४ देखि ६ घण्टाको अवधीमा शल्यक्रिया गर्नुपर्ने भएपनि ढिलोगरी अस्पताल ल्याईएको दावी गरे। उनले शल्यक्रियापछि परिवारले शिशुको हेरचाह नगरेका कारण मृत्यु भएको बताए।