आज पनि देशभर वर्षा, हिमपातको पनि सम्भावना - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

आज पनि देशभर वर्षा, हिमपातको पनि सम्भावना



काठमाडौँ – देशभरको मौसममा शुक्रबार सामान्यदेखि पूर्ण बदली भएर अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको पश्चिमी ,मध्य भूभाग र पुर्वी पहाडी भूभागमा अहिले पनि सामान्य देखि पूर्णतया बदली रहेको मौसमविदले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली भएको महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।