आजको मौसम खराब हुने, जनजीवन प्रभावित हुने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

आजको मौसम खराब हुने, जनजीवन प्रभावित हुने



काठमाडौं- आज मनसुनी वायुको प्रभाव देशभरि रहेको छ । अहिले सामान्य बदली रही प्रदेश नं–१ र अन्य प्रदेशका पहाडी भू–भागमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरि सामान्य बदली रही पहाडी भू–भागका धेरै स्थानहरूमामेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू(भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।