मौसम गुरुङलाई रोशनीले खोजिदिइन अर्की सोल्टिनी (भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

मौसम गुरुङलाई रोशनीले खोजिदिइन अर्की सोल्टिनी (भिडियो सहित)



काठमाडौं: नेपाली लोकसांगीतिक क्षेत्रमा विगतका वर्षहरू देखिनै सक्रिय रहँदै आएका विशेष त मौलिकता र सेन्टिमेन्टल गीतबाट धेरै भन्दा धेरै दर्शक श्रोताको मनमा बसिसकेका सफल गायक हुन मौसम गुरुङ ।

गुरुङले स्वर भरेका धेरै गीतहरूले नेपाली साङ्गीतिक बजारमा एकक्षत्र चर्चा कमाउन सफल हुन्छन् । जुनकुनै गीतको भावनामा सहजै डुबेर गीतलाई न्याय दिनसक्ने खुबी उनमा छ भने गायन को अलावा उनले केही सिर्जना समेत गर्ने गरेका छ्न् ।

भर्खरै मात्र मौसम गुरुङ र देवी घर्तीको आवाजमा रहेको मौलिक सालैजो गीत सोल्टिनी नानी २ सार्वजनिक भएको छ । सञ्चारकर्मी एवं सर्जक किस्ना आचार्य रोशनी को उत्कृष्ट शब्द सिर्जना रहेको यश गीतको भाका मौसम गुरुङ ले नै बनाएका हुन् ।

रबिन गुरुङको निर्देशन र सम्पादन रहेको उक्त  गीतको म्युजिक भिडियो लाला एण्ड  रबिन गुरुङले नै खिचेका हुन् ।यम गुरुङको कोरियोग्राफ रहेको यश गीतको म्युजिक भिडियो मा सबिन ,दुर्गा,नमिता,लगायत साथीहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

नभज्योती भिजन नेपाल को ब्यानर मा छायाङ्कन गरिएको यश गीतको म्युजिक भिडियो लाई बजार व्यवस्थापन पनि नभज्योती भिजन ले नै गरेको छ ।किस्ना आचार्य रोशनीको शब्द सिर्जनामा यश अगाडि बजारमा आयको मौसम गुरुङले नै स्वर भरेको सोल्टिनी नानी १ ले पनि धेरै भन्दा धेरै दर्शक को मन जित्न सफल भएको थियो हालसम्म युटुब मा सोल्टिनी नानी १ लाई ७७३,८१६ पटक हेरिएको छ भने रोशनी को सिर्जना र गुरुङ को आवाज मा रहेको सोल्टिनी सँग,पुर्णेकी जुनजस्ता,गोर्खाले बाग्लुङ्गे, लगायत का गीतहरू अत्यन्तै रुचाइएका छ्न् ।

गीतबारे रोशनी भन्छिन् ‘सालैजो भन्बेबित्तिकै मौलिकता पूर्ण रूपमा बोकेको हुनुपर्दछ मौलिकतामा डुबेर गाउँघर मा प्रयोग हुने टिपिकल शब्द हरूलाई गासेर सालैजो सिर्जना गर्ने हो । सो  गीतमा सकेसम्म धेरै भन्दा धेरै टिपिकल शब्दहरू छन् , पहिलेका मेरा सिर्जनालाई जत्तिकै माया यो  सालैजोलाई पनि दिनुहुनेछ म ढुक्क छु ।’